Have an account?

सरकारी कार्यालयमा स्वदेशी वस्तु अनिवार्य

२०७२-०९-६ मा प्रकाशित पुस ५, भैरहवा (अस) । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले जिल्लाका सबै सरकारी कार्यालय प्रमुखहरूलाई स्वदेशी वस्तुको अनिवार्य प्रयोग गर्न निर्देशन दिएका छन् । आइतवार यहाँ आयोजित ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रजिअ ढकालले सोसम्बन्धी निर्देशिका २०७१ लाई कार्यान्वयनमा लैजान रूपन्देहीबाटै स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने बताए । कार्यक्रममा रूपन्देही उद्योग सङ्घ, बुटवलका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्मा, स्थानीय शान्ति समितिका संयोजक ज्ञानु पौडेल, उद्योग व्यापार सङ्गठनका अध्यक्ष खिमबहादुर खत्री, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंह, उपभोक्ता मञ्च, नेपाल रूपन्देहीका अध्यक्ष लक्ष्मण वैदवारलगायतले निर्देशिका बने पनि काजगमा सीमित रहेकाले कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।...